नियम ३६
खेलकुदमा सहभागी गराउने
: (१) ऐनको दफा ३४ मा उल्लिखित कार्यक्रमको अतिरिक्त अपाङ्गता भएका व्यक्तिको लागि खेलकुदको विकास गर्न अधिकार पाएका संस्था वा निकायले विशेष तथा पारा खेलकुदका क्षेत्रमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सङ्घ, संस्थाको सहभागितामा देहाय बमोजिमका कार्यक्रम सञ्चालन गर्न सक्नेछन्‌ :-
(क) खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार विकास कार्यक्रम,
(ख) खेलकुदका लागि क्षमता विकासका कार्यक्रम,
(ग) खेलकुद प्रतियोगिता सञ्चालन ।
(२) उपनियम (१) बमोजिम खेलकुद कार्यक्रम सञ्चालन गर्दा दोभाषे र स्वास्थ्य उपचार जस्ता अपाङ्गताको प्रकृति अनुसार आवश्यक पर्ने अन्य सेवा समेत उपलब्ध गराउनु पर्नेछ ।